|  

अन्तर्राष्ट्रिय रेडक्रस समितिका अध्यक्ष युद्धग्रस्त क्षेत्रमा

१९ मंसिर २०८०, मंगलवार १२:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । प्यालेस्टिनी क्षेत्रमा रहेका नागरिकको सुरक्षाको आह्वानसहित अन्तर्राष्ट्रिय रेडक्रस समितिका अध्यक्ष युद्धग्रस्त क्षेत्र गाजा पुग्नुभएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष मिर्जाना स्पोल्जारिक आफू गाजामा रहेको र मानिसहरुको असह्य पीडालाई देखिरहेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
कतार, अमेरिका र इजिप्टको मध्यस्थतामा इजरायल र हमासले केही बन्धक र कैदीहरू आदानप्रदान गरेको एक हप्ता लामो युद्धविराम भङ्ग भइ शुक्रवारदेखि पूर्ण रूपमा युद्ध शुरु भएपछि उहाँ गाजा पुग्नुभएको हो । उहाँले गाजामा सर्वसाधारणका लागि कुनै पनि स्थान सुरक्षित नहुनु अस्वीकार्य रहेको बताउनुभएको छ ।
बन्धकलाई रिहा गर्नुपर्ने र आईसीआरसीलाई सुरक्षित रूपमा उनीहरूसँग भेट्न दिनुपर्नेमा उहाँको जोड छ । त्यहाँ सैन्य घेराबन्दीका कारण पर्याप्त मानवीय सहायता पनि सम्भव नरहेको आईसीआरसीले विज्ञप्तिमा जनाएको छ ।
 

१९ मंसिर २०८०, मंगलवार १२:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस