|  

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा पूर्ण सुनुवाइ हुँदै

१९ मंसिर २०८०, मंगलवार १२:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । टिकटकमा प्रतिबन्ध लगाउने सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज पूर्ण सुनुवाइ हुँदैछ ।

गत मंसिर ५ गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ गतेभित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो । १४ वटा मुद्दाको आज एकै पटक सुनुवाइ हुन लागेको छ ।

गत कार्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

१९ मंसिर २०८०, मंगलवार १२:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस