|  

चिसो बढेसँगै जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितको दैनिकी कष्टकर

२० मंसिर २०८०, बुधबार १२:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । पानी पर्न थालेसँगै जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितको कन्तबिजोग भएको छ । कठ्याङ्ग्रीदो जाडोमा गाँस, बास र कपासको समस्या हुँदा आर। आर। एनले पु¥याएको राहत पाउँदा भूकम्पपीडित खुशी भएका छन् ।

भूकम्पपीडितले भत्किएका घरको पुननिर्माणको माग गरेको धेरै भयो । भूकम्पका कारण घर भत्किएपछि घरवासविहीन नागरिकले पुननिर्माणको काम छिटोछरितो गर्न माग गरेका हुन् । पीडितहरूले त्रिपालमुनिको चिसोबाट बचाउन पुनर्निर्माणलाई तत्काल अघि बढाउन आग्रह गरेका छन् । त्रिपालले जाडो नछेक्ने तथा खुला आकाशमुनि खाना पकाउने गरेका पीडितले अस्थायी टहरा निर्माणको प्याकेज ल्याएर आउन आग्रह गरेका हुन् ।

भूकम्प प्रभावित क्षेत्रका नागरिकका लागि अस्थायी टहरा निर्माण गर्ने प्रतिबद्धता गरेको सरकारले पूरा गर्न नसकेपछि उनीहरू समस्यामा परेका छन् । चिसोबाट बालबालिका, गर्भवती, सुत्केरी र जेष्ठ नागरिकलाई बढी समस्या भभएको छ ।

कर्णाली सहायता मानवीय परियोजना नेपाल ग्रामीण पुनर्निर्माण संस्था, ९आरआरएन० ले रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावितलाई राहत सामग्री वितरण गर्दा पीडितहरु खुशी भएका छन् । सरकारी राहत वितरण प्रभावकारी हुन नसक्दा र पहुँचवालाले मात्र पाउँदा छुटफूट भएका धेरै छन् । परियोजनाले तत्काल न्यानो कपडा, खाद्यान्न र अस्थायी संरचना निर्माणका लागि जस्ता पातासमेत वितरण गरेको हो ।

चिसो बढ्दै गएपछि उच्च पहाडी क्षेत्रका पीडितको स्वास्थ्यमा समस्या देखिन थालेको छ । भुकम्प गएको एक महिना वित्दा समेत सरकारले अस्थायी टहरा निर्माणका लागि ५० हजार रुपियाँ दिने घोषणा गरे पनि पीडितले पाउन सकेका छैनन् । चिसो बढ्दै गएको र राहत वितरणमा व्यवस्थापन फितलो भएको हुँदा विभिन्न संघसंस्थाको सक्रियता पनि आवश्यक देखिन्छ ।

 

२० मंसिर २०८०, बुधबार १२:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस