|  

युवालाई वैज्ञानिक अनुसन्धानमा प्रोत्साहित गर्ने प्रधानमन्त्रीको वचन

२० मंसिर २०८०, बुधबार १२:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि गरिने वचन दिनुभएको छ ।

बुधबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विज्ञान प्रविधि विकासका लागि सरकारले एक अर्बको कोष स्थापना गर्न वार्षिक कार्यक्रम समावेश गरिसकेको जानकारी दिनुभयो ।

विज्ञान तथा प्रविधि विकासका लागि नेपाल सरकारले एक अर्बको कोष स्थापना गर्न चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको उहाँले बताउनुभयो ।

केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा अनुसन्धान गर्ने मौका प्रदान गरिने उहाँले प्रतिवद्धता जनाउनु भयो ।

 

२० मंसिर २०८०, बुधबार १२:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस