|  

अपेक्षा गरेअनुसार विज्ञान प्रविधिको क्षेत्रमा स्रोत प्रदान गर्न सकेका छैनौंः प्रधानमन्त्री दाहाल

२० मंसिर २०८०, बुधबार १३:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले विज्ञान तथा प्रविधिको क्षेत्रमा अपेक्षा गरे अनुसारको स्रोत प्रदान गर्न नसकिएको स्वीकार गरेका छन् । बुधबार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट को ४१औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

“सरकारका पनि विभिन्न बाध्यताहरू हुँदा रहेछन् । यसमा तपाईंहरूले बुझिदिनु भएकै छ । म आफैं पनि विज्ञानको विद्यार्थी भएको कारण विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसकेका कारक तत्वहरू राम्रोसँग बुझ्दछु,” नास्टका कुलपतिसमेत रहेका प्रचण्डले भने ।

चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममा सरकारले विज्ञान तथा प्रविधि विकासको लागि एक अर्बको कोष स्थापना गर्ने निर्णय गरेको बताउँदै यसबाट प्रतिभाशाली युवाहरूले स्वदेशमै रहेर अनुसन्धान गर्ने मौका पाउने भनाइ राखे ।

 

२० मंसिर २०८०, बुधबार १३:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस