|  

शासकीय प्रणाली सुधार गर्न आयोग गठन गर्छौँ:प्रधानमन्त्री प्रचण्ड

२० मंसिर २०८०, बुधबार १३:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले शासकिय प्रणाली सुधार गर्नेबारे छलफल थालेको बताएका छन्।शासकीय तथा आर्थिक सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै शासकीय सुधार आयोग गठन गर्ने तयारी रहेको बताए।

उनले भने, मैले सरकारको नेतृत्व गर्दैगर्दा प्रशासनको सुधार प्रभावकारी बनाउने भन्ने कुरामा थियो। यहाँसम्म आउँदा विविध कारणले भन्याजस्तो गरेर अघि जान सकेको छैन। सरकारको ध्यान शासकिय सुधारमा गर्नेमा मात्रै नभइ समग्र शासकीय प्रणाली सुधार गर्नेबारे छलफल गरेका छौं। शासकीय सुधार आयोग गठन गरेर समीक्षा गरेर अगाडि जान्छौं।’

सेवा प्रवाहमा सानासाना सुधार गरेर जनताको भरोसा जित्दै जानुपर्नेमा जोड दिए। उनले भने,‘हामीले विद्यमान कानून र ऐनमा नै बसेर सेवा प्रवाहमा सुधार गर्नुपर्छ। आफू र आफ्नो क्षेत्रको कामलाई नतिजासम्म कसरी पुर्याउने भन्ने हाम्रो जोड छ।

उनले अर्थतन्त्रको समस्या सामान्य हेरफेरले मात्रै नहुने देखिएको बताए।

२० मंसिर २०८०, बुधबार १३:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस