|  

अवैध सुन कारोबारमा संलग्न १ जना काठमाण्डौको न्युरोडबाट पक्राउ

२० मंसिर २०८०, बुधबार १३:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेपाल प्रहरीले काठमाण्डौको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई अहिले काठमाण्डौको नागार्जुन बस्ने पदम पाण्डेलाई आज बुधवार पक्राउ गरेको हो ।

प्रहरीले न्युरोडमा रहेको ुओमपाल गोल्ड शप प्रालिु सँगैको कारखानामा छापा मार्दा अवैध सुनसहित पाण्डेलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पुष्टि गर्नुभयो । उहाँले पाण्डेसँग बरामद भएको सुन अहिले जोख्ने काम भइरहेको जानकारी दिनुभयो ।

सुन कति बरामद भएको भन्नेबारेमा प्रहरीले खुलाएको छैन । बरामद सुनमध्ये केही बिस्कुट आकारका र केही गहना बनाइसकेको अवस्थामा फेला पारिएको प्रहरी प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।

२० मंसिर २०८०, बुधबार १३:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस