|  

नक्कली भुटानी शरणार्थी प्रकरण: यही मंसिर २८ गते खाँणको मुद्दामा सुनुवाइ हुने

२० मंसिर २०८०, बुधबार १८:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहनु भएका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई रिहा गर्ने नगर्ने विषयको सुनुवाइ २८ गते गर्ने भएको छ ।

सोही अनुसार अदालतले मसिर २८ गते विहिवार तेस्रो न्यायाधीश रहने एकल इजलासमा खाँणको सुनुवाइको मिति तोकिएको उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिनुभयो ।

गत मंसिर १५ गते भएको पुनरावेदनको उपरको आदेश गर्दा खाँडलाई रिहाइ गर्ने वा नगर्ने विषयमा मत बझिएको थियो ।

मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश पाण्डेले खाँणलाई ३० लाख धरौटीमा छाड्नुपर्ने र अर्का न्यायाधीश खरेलले नामै राख्नुपर्छ भन्ने राय दिनु भएको थियो।।

 

२० मंसिर २०८०, बुधबार १८:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस