|  

विदेशी मोह त्यागी जन्मभूमिमै सेवा गर्नुपर्दछ: मुख्यमन्त्री पाण्डे

२१ मंसिर २०८०, बिहीबार ११:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वरोजगारमूलक शिक्षामा जोड दिनुहुँदै युवा पङ्तिलाई विदेशी मोह त्यागी जन्मभूमिमै सेवा गर्न आग्रह गर्नुभएको छ ।

हिजो पोखरा १, पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले शिक्षामा राज्यले ठूलो लगानी गरेकोले लगानी चुक्ता गर्न स्वदेशमै रोजगारी गर्न युवाशक्ति तयार रहनुपर्छ भन्नुभयो ।

गण्डकी प्रदेश सरकार शिक्षामा लगानी बढाउने तयारीमा रहेको जानकारी दिनुहुँदै मुख्यमन्त्री पाण्डेले अहिले शिक्षा व्यवस्थापनको पाटो संघ, प्रदेश तथा स्थानीय कुन सरकारले लिने भन्नेमा अन्यौल रहेको बताउनुभयो।

शिक्षा सेवा आयोग उत्तीर्ण व्यक्तिहरुलाई शिक्षाका विविध पक्षबारे जानकारी दिने उद्देश्यले प्रदेश सरकारले १ महिने अभिमुखीकरण कक्षा संचालन गरिरहेको पनि मुख्यमन्त्री पाण्डेले अवगत गराउनुभयो ।

२१ मंसिर २०८०, बिहीबार ११:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस