|  

२ केजी सुनसहित नागढुंगाबाट तीन जना पक्राउ

२२ मंसिर २०८०, शुक्रबार १३:०० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । काठमाडौंको नागढुंगाबाट २ केजी सुन बरामद भएको छ ।

रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको गाडीबाट २ किलो सुनसहित ३ जनालाई शुक्रवार पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । यसबारे थप विषय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो । फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट राति ११ः४० बजे काठमाडौँ उत्रेका गोरखाका मीनबहादुर घलेलाई विमानस्थल भन्सारले सुन सहित पक्राउ गरेको हो ।

विमानस्थल भन्सार प्रमुख डा टोकराज पाण्डे नेतृत्वको टोलीले मध्यराति विशेष सुराकीको आधारमा खानतलासी गर्दा उक्त परिमाणको बिस्कुट आकारको सुन बरामद गरेको हो ।

 

२२ मंसिर २०८०, शुक्रबार १३:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस