|  

रुपन्देहीका पालिकाहरूबाट भूकम्प प्रभावित क्षेत्रमा ८० लाखभन्दा बढी सहयोग

२३ मंसिर २०८०, शनिबार १३:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


रुपन्देहीमा रहेका १० पालिकाले भूकम्प प्रभावितहरुका लागि ८० लाखभन्दा बढीको आर्थिक सहयोग गरेका छन्। रुपन्देहीमा रहेका १६ पालिकाहरुमध्ये १० पालिकाले ८० लाख २२ हजार ६६५ रुपैयाँबराबरको विभिन्न समानहरु सहयोग गरेका जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।

गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित भएकाहरुको सहयोगका लागि जिल्ला प्रशासन कार्यालयले एकद्वार प्रणालीबाट राहत सामाग्री संकलन र हस्तान्तरन गर्ने नीति लिएको थियो।

सोहीअनुसार जिल्लामा रहेका १६ मध्ये १० पालिकाले सहयोग गरेका सामानसहितको मूल्य सार्वजनिक गरेका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। रुपन्देहीको बुटवल उपमहानगरपालिकाले १५ लाख बराबरको सामान सहयोग गरेको छ।

 

 

२३ मंसिर २०८०, शनिबार १३:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस