|  

लैगिंक हिंसा अन्त्यमा गजुरी गाउँपालिका प्रतिबद्ध : वडा नम्बर ८ मा कार्यक्रम सम्पन्न

२३ मंसिर २०८०, शनिबार १८:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ गजुरी गाउँपालिकाले आफ्नो वडाका बिभिन्न ठाउँमा लैंगिक हिँसा विरुद्धको १६ दिने अभियानमा रहेर कार्यक्रम गरिरहेको छ । आज वडा नम्बर ८ को वडा कार्यालयमा कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाका ८ वटै वडामा पुगेर महिला, बालवालिका र विद्यार्थीहरुलाई सचेतनामूलक कार्यक्रम संचालन भइरहेका छन् । वडा नम्वर १ देखि नै सुरु भएको अभियान पुरै वडामा कार्यक्रम गरेर सम्पन्न हुने अबस्थामा रहेको गाउँपालिका उपाध्यक्ष सर्मिला बिशुरालले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँमा हिंसा भए न्यायका लागि गाउँपालिका आउन कार्यक्रमका सहभागीलाई आग्रह समेत गरिएको छ । छलफलमा सहभागी महिलाहरुले मदिरा सेवनले नै धेरैजसो हिंसा बढाएको बताएका छन् । उनीहरुले मदिरामुक्त वडाका लागि गाउँपालिकालाई पहल गर्न आग्रह समेत गरेका छन् । महिलाहरु घरभित्रै दविएर बस्नुपर्ने, छोरा र छोरीमा समान व्यवहार नहुने लगायतका विषयमा छलफल भएको थियो । गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले हिंसा न्युनिकरण गर्न स्थानीय महिला जागरुप हुनुपर्ने बताएका छन् । श्रेष्ठले वालविवाह तथा शिक्षाको पहुँच नहुनु पहिलो समस्या रहेको बताउँदै बाल विवाह रोक्न सवै लाग्नुपर्ने उल्लेख गर्नुभएको छ । कार्यक्रममा सुरक्षा निकायका ब्यक्तिदेखि पालिकाका प्रतिनिधी र स्थानियहरुको सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

२३ मंसिर २०८०, शनिबार १८:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस