|  

संघीय संसद सचिवालयका महासचिव डा भरत गौतमद्वारा राजीनामा

२५ मंसिर २०८०, सोमबार ११:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । संघीय संसद सचिवलका महासचिव डा भरत गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन् ।

राष्ट्रपतिको सचिवालयका एक अधिकारीले उनले राजीनामा दिएको पुष्टि गरे । तर, उनले राजीनामा दिनुको कारण खुलेको छैन ।

यसैबीच संघीय संसदका सचिव रहेका पदम प्रसाद पाण्डेलाई महासचिवमा सिफारिस गरिएको छ ।

२५ मंसिर २०८०, सोमबार ११:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस