यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
धादिङ । तरकारी खेती नै मुख्य आम्दानी बनाएका दक्षिण धादिङस्थित बेनीघाट रोराङ्ग गाउँपालिकाको दुम्लीङ्गका चेपाङ्ग समुदायका किसानहरुले यस वर्ष तरकारी बारीमा नै छाडिदिएका छन् । विशेष गरी गोलभेडा उत्पादनमा लागेका किसानहरुले उत्पादनको मुल्य नपाउदा गोलभेडा बारीमा नै छाडिदिएका हुन् । अहिले किसानले प्रति किलो गोलभेडाको पाँच रुपैया पाउने गरेका छन् भने त्यो मुल्यमा विक्रि गर्न बजार लग्दा उनिहरुले बजारसम्म लग्ने गाडि भाडा समेत नआउने भए पछी उनिहरु थप समस्यामा परेका हुन् ।
अहिले बारी भरी नै गोलभेडा राताम्य भइ पोकेका छन । गोलभेडा विक्रिबाट लागत मुल्य आउनेभन्दा बजारसम्म लग्ने गाडि भाडा समेत नठ्ने भए पछी गोलभेडा बारीमा नै छाडिदिएको किसानहरुको भनाई छ ।
बजार नपाउने समस्या त छदैछ चिसो मौसमका कारण बोट सुक्दै जाने र गोलभेडा कुहिँदै जान समेत थालेका छन्।
एउटै किसान परिवारको करिव तिस रोपनी जमिनमा लगाएको गोलभेडा खेती अहिले त्यतिकै खेर गएको हो । प्रति रोपनी जमिनमा गरिएको गोलभेडा खेतीबाट किसानले साठिदेखी असी हजारसम्म एक सिजनामा आम्दानी गर्ने गरेको भनाई छ ।