|  

‘धादिङ जिल्लाको नेतृत्वदिने अस्पतालका रुपमा धादिङ अस्पताल स्थापित छ’ : मुख्यमन्त्री जम्मकट्टेल

२६ मंसिर २०८०, मंगलवार १८:३० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । धादिङ अस्पताल धादिङको ४७औं स्थापना दिवस आज भब्यताका साथ सम्पन्न गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री माननिय शालिकराम जम्कटेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहनुभएका जमकट्टेलले धादिङ अस्पतालको सुरुको अबस्थादेखि अहिलेसम्म आउँदाका कुरा बताउनुभएको थियो । प्रदेश सरकारले धादिङ, त्रिशुली र सिन्धुलिका अस्पतालहरुलाई एक सय शैइयाको बनाउने तथा हेटौडा र भक्तपुरको अस्पतालाई दुई सय शैइयाको बनाउनका लागी प्रदेश सरकार लागी परिसकेको बताउनुभयो ।

धादिङ अस्पतालको लागी सबैको योगदान रहेकोकुरामा जोड दिँदै उहाँले भन्नुभयो मैले यो धादिङ अस्पताललको लागी ७४ साल अगाडीको र अहिलेको अबस्थालाई हेर्नुभयो भने धेरै आकाश पातालको फरक पाउनुहुनेछ । म यहि जिल्लाबाट पहिलो प्रदेश सरकारमा पनि झण्डै तीन बर्षभन्दा बढी आन्तरिक मामिला मन्त्री र त्यसपछि डेढ बर्षजति आर्थिक मामिलामन्त्री भएर सरकारमा बसेँ,त्यो बेलामा हामीले धेरै काम गर्यौँ, उहाँले थप्नुभयो हामी सबैको साझा सम्पपत्तिको सुरक्षा गर्नुपर्छ, धादिङकै महत्वपूर्ण अस्पताल हो ।

धादिङ जिल्लाको नेतृत्वदिने अस्पतालको रुपमा धादिङ अस्पताल रहेको मुख्यमन्त्रीको भनाई थियो । अस्पालतको भवन, त्यहाँ रहने डाक्टर नर्सहरुको लागी केकस्ता काम गर्नुपर्ने हो सबैमा प्रदेश सरकार दत्तचित्त भएर अगाडी बढ्ने कुरामा समेत उहाँले जोड दिनुभयो । अहिलेको यो अबस्थासम्म पनि कुनै किसिमको काममा नडगबगाईकन अस्पतालले गरेको कामको प्रशंसा गर्दै प्रदेशसरकारबाट धन्यबाद दिनुभयो ।

धादिङसहितका १३ अस्पताललाई राम्रो बनाउनेतर्फ अगाडी बढिरहेको भन्दै सबैको सहयोगमा अस्पाताललाई सबैको पहुँचमा पुर्याउनुपर्ने उहाँको भनाई छ ।

२६ मंसिर २०८०, मंगलवार १८:३०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस