|  

नेपालसहित १५३ देशले गजामा युद्धविराम गर्ने राष्ट्रसंघीय प्रस्तावको पक्षमा मतदान

२७ मंसिर २०८०, बुधबार १३:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । गाजामा तत्काल युद्धविराम गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावमा नेपालसहित १५३ मुलुकले पक्षमा मतदान गरेको छ। मंगलबार राष्ट्रसंघको आपतकालीन सभामा गरिएको युद्धविरामको प्रस्तावको पक्षमा नेपाल, भारत, चीनलगायत १५३ मुलुकले मतदान गरेको हो।

बहुमत देशले पक्षमा मतदान गरेपछि गजामा तत्काल युद्धविराम गर्ने राष्ट्रसंघको प्रस्ताव पारित भएको भएको छ।

संयुक्त राज्य अमेरिकासहित १० देशले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका छन्। बेलायत, युक्रेन लगायत २३ देशहरू मतदानमा सहभागी भएनन्।

 

२७ मंसिर २०८०, बुधबार १३:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस