|  

व्यापारीले प्याजको अभावसँगै आफूखुशी मूल्य तोक्दै

२८ मंसिर २०८०, बिहीबार १२:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । बजारमा प्याजको अभाव भएसँगै व्यापारीले आफू खुशी मूल्य तोक्न थालेका छन् । अभाव भइरहेकै बेला भारतले गएको शनिवारदेखि निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको आयात ठप्प भएको छ । यसले गर्दा बजारमा प्याजको भाउ बढेको छ ।

भारतको प्रतिबन्धको फाइदा उठाउँदै केही व्यापारी र बिचौलियाले प्याजको कृत्रिम अभाव गर्न थालेका छन् । अहिले बजारमा प्याजको मूल्यमा एकरुपता छैन । उपभोक्ताले प्याज किलोमै १ सय ७० रुपैयाँसम्म तिर्ने गरेका छन् । थोक मूल्यमै प्याजको भाउ किलोको १५० रुपैयाँसम्म पुगेको नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता सङ्घका महासचिव प्रकाश गजुरेलले बताउनुभयो ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा अभाव भएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले बताउनुभयो । नेपालमै उत्पादन हुने अनुकूल वातावरण भए पनि प्याजका लागि भारतकै भर पर्नु पर्ने अवस्था छ ।

२८ मंसिर २०८०, बिहीबार १२:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस