यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । मलेसियाको पेनाङमा भइरहेको ३४औँ अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वाङ्दी शेर्पा फाइनलमा प्रवेश गरेका छन् । यससँगै नेपालको कम्तीमा दुई रजत पदक पक्का भएको छ ।
पुरुष ५१ केजी तौल समूहमा प्रबलले इन्डोनेसियाका हसान बिन अजानलाई ५–० अङ्कको आधारमा पराजित गरी फाइनलमा प्रवेश गरेका हुन् । पुरुष ५७ केजीमा छिरिङले सिङ्गापुरका अब्दुल वाफी बिन इड्रिसलाई तेश्रो राउन्डमा आरएससीका आधारमा हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् ।