|  

गजुरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डोलभन्ज्याङ माविले जित्यो

३० मंसिर २०८०, शनिबार १२:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । स्वस्थको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ गजुरी गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डोलभन्ज्याङ माविले जितेको छ । ६ स्वर्ण, ५ रजत र ४ कास्य सहित १५ मेडल सहित प्रथम हुन सफल भएको हो ।


गजुरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत सन्तोष पौडेलका अनुसार यस प्रतियोगितामा दोस्रो हुने महेन्द्रोदय मावि गजुरी ३ राक्सिङ र तेस्रो आदर्श मावि भएका छन् । मंसिर २७ बाट सुरु भएको खेल तिन दिनसम्म सञ्चालन भएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि गजुरी गाउँपालिका कार्यवाहक अध्यक्ष तथा गापा उपाध्यक्ष शर्मिला बिसुराल, अतिथिहरु गजुरी १ का वडा अध्यक्ष तारानाथ भण्डारी, गजुरी ३ का वडा अध्यक्ष ऋषि लाल श्रेष्ठ, गजुरी ४ का वडा अध्यक्ष सुरेन्द्र प्रजा, गजुरी ६ का वडा अध्यक्ष भक्त बहादुर तामाङ,गजुरी ७ का वडाध्यक्ष बद्रीप्रसाद जम्मकट्टेल, गजुरी ८ का वडा अध्यक्ष देवराज ओझा, निबर्तमान गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत,गजुरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत सन्तोष पौडेल, श्रोत शिक्षक सुजन भण्डारी, विभिन्न पार्टिका प्रतिनिधिहरुको उल्लेख्य सहभागितामा गजुरी गाउँपालिका वडा नम्बर ५ को गलौदिमा कार्यक्रम सप्पन्न भएको गजुरी १ का वडा अध्यक्ष तारानाथ भण्डारीले बताउनुभयो ।


२ महिनाअघि पनि पालिकाले गजुरीभरीका विद्यालयहरुका लागि तीन जना खेलकुद प्रशिक्षकहरु नियुक्त गरेको थियो ।
गाउँपालिका भित्र पर्ने साविकका गजुरी, पिडा र किराञ्चोक गरी तीन गाविसका लागि एक÷एक जना रहनेगरी प्रशिक्षक नियुक्त गरिएको थियो । यसैको प्रतिफल कारण अहिले गजुरी गाउँपालिकाले खेलकुद क्षेत्रमा नाम राख्न सफल भएको बताउदै अब गजुरी गाउँपालिका भित्रका प्रत्येक बिधालयमा १र१ खेलकुद प्रशिक्षक नियुक्त गर्नु पर्ने र पालिकाको बैठकमा कुरा उठाउन समेत सम्पुर्ण दलहरुलाई गजुरी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष देवराज ओजा ज्यूले बताउनुभयो ।
बिजेता खेलाडीहरुलाई शुभकामना साथै अन्य सहभागी बिद्यालयलाई सक्रिय सहभागिताका लागि धन्यवाद दिदै कार्यक्रमको समापन गजुरी गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा गापा उपाध्यक्ष शर्मिला बिसुरालले गर्नुभएको थियो ।

३० मंसिर २०८०, शनिबार १२:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस