यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । इजरायली सेनाले गाजामा जारी सैन्य कारवाहीका क्रममा गल्तीबश हमासले बन्धक बनाएका आफ्नै नागरिक माथि गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ ।
सैन्य कारवाहीका क्रममा आफ्नै नागरिकलाई चिन्न नसकी आफ्नो संगठनलाई धम्क्याएको भन्ने सोचेर गोली चलाएको इजरायली रक्षा सेनाले जनाएको छ । आफ्नै नागरिकको सुरक्षाका लागि गरिएको भनिएको युद्धमा आफ्नै नागरिक मारिएकोमा सेनाले पश्चताप गरेको छ ।
मारिने तीन जनामा २८ वर्षीय योतम हाइम, २२ वर्षीय समेर तलल्का र २६ वर्षीय एलोन समरिज रहेका छन् । उत्तरी गाजाको सैजैयामा भइरहेको सैन्य कारवाहीमा उनीहरु मारिएका हुन् ।