यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । जनता समाजवादी पार्टी जसपा नेपालले एनसेल प्रकरणको छानबिनको लागि संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने भएको छ । सो पार्टीले एनसेल खरिद बिक्री सम्बन्धमा निष्पक्ष र उच्चस्तरिय संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने भएको हो ।
पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले सरकारसमक्ष उक्त सुझाव दिने निर्णय गरेको जसपा केन्द्रीय कार्यालयले जनाएको छ । सो पार्टीले एनसेल खरिद बिक्री प्रकरण सम्बन्धमा राज्यलाई लाभकर र राजश्वसमेत हानी नोक्सानी हुनेगरी सेयर बिक्री गर्ने प्रस्ताव र निर्णयलाई तत्काल रोकी कार्यान्वयन नगर्न समेत माग गरेको छ ।