|  

मानव सेवा आश्रमका लागि सहयोग गर्न सबैलाई प्रधानमन्त्रीको आग्रह

३० मंसिर २०८०, शनिबार १७:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मानव सेवा आश्रमका लागि सहयोग गर्न सबैलाई अपिल गरेका छन् ।

मानव सेवा आश्रममा चन्दा दिनुभन्दा ठूलो धर्म अरु नहुने प्रधानमन्त्री दाहालको भनाइ थियो । हेटौंडास्थित मानव सेवा आश्रमको मुख्य कार्यालय भवनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो आश्रमको सहयोगका लागि आफूले निरन्तर कोशिस गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । सरकारले २०८२ सालसम्म मुलुकलाई सडक मानवमुक्त राष्ट्र बनाउने लक्ष्य लिएको उल्लेख गरे ।

 

३० मंसिर २०८०, शनिबार १७:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस