यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
धादिङ । जिल्ला बजार अनुगमन टोलीले जफत गरेको विभिन्न सामानहरु नष्ट गरिएको छ ।
अनुगमनका क्रममा जिल्लाका विभिन्न स्थानबाट जफत गरिएको दिपावलीमा प्रयोग गरिने प्लाष्टिकको माला, म्याद गुज्रिएको चालम, दाल, जिरा, विस्कुट, चकलेट लगायतका खाद्यान्न सामाग्रीहरु नष्ट गरिएका हुन ।
खाद्यान्न सामाग्री ५१ हजार दुई सय ८० र प्लाष्टिकको माला ६ हजार आठ सय पचास रुपियाँ बराबरको सामाग्री नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले जानकारी दिनभयो।
निरन्तर रुपमा बजारको अनुगमन गरिरहेको भनाइ उहाँको थियो । प्रमुख गौतमले भन्नुभयो( ‘चाडवर्व आसपासमा गरिएको अनुगमनमा भेटिएका म्याद गुज्रिएको र प्लाष्टिकका माला लगायतका केही सामाग्री नष्ट गर्न बाँकी थिए । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल पत्रकार महासंघ धादिङको रोहवरमा घरेलु तथा साना उद्योग कार्यालय परिसरमा नष्ट गरिएको हो ।’