|  

काठमाण्डौ जिल्ला अदालतमा भिड व्यवस्थापन गर्न टोकन प्रणाली

२ पुष २०८०, सोमबार १३:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । काठमाण्डौ जिल्ला अदालतले सेवाग्राहीको भीड व्यवस्थापनका लागि टोकन प्रणाली शुरुवात गरेको छ । आजदेखि जिल्ला अदालत काठमाण्डौले व्यवस्थित र सहज रुपमा सेवा दिने उद्देश्यले टोकन प्रणालीको शुरु गरेको जनाएको हो ।

काठमाण्डौ जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भिड नहोस् भनेर टोकन प्रणालीको शुरुवात गरेको बताउनु भयो । उहाँले काठमाण्डौ जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ योजनाअनुसार आफूहरु अघि बढेको बताउनु भयो ।

२ पुष २०८०, सोमबार १३:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस