यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालमा साढे २४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागकाअनुसार साउनदेखि मंसिरसम्ममा २ सय २० वटा उद्योगमा २४ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।
नयाँ उद्योगमा लगानी गर्नको लागि २० अर्ब ६१ करोड रुपैयाँ र पुराना उद्योगमा लगानी थपको लागि तीन अर्ब ७४ करोड रुपैयाँको प्रतिबद्धता आएको विभागले जनाएको छ ।
लगानी प्रतिबद्धता भएकामध्ये ३ वटा ठूला उद्योग, ७ वटा मध्यम र १ सय ८९ वटा साना उद्योग दर्ता भएका छन् । सबैभन्दा धेरै आकर्षण पर्यटन क्षेत्र अन्तर्गत होटलमा देखिएको छ ।