|  

उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ

४ पुष २०८०, बुधबार १३:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने भएको छ । सिंहदरबारमा रहेको नयाँ कक्षमा आज बुधवार बसेको मन्त्रिपरिषद् बैठकले अनुदान रकमसँगै उखुको न्यूनतम खरिद मूल्य तोकेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

सरकारले उखुको प्रतिक्विन्टल पाँच सय ६५ रुपैयाँ मूल्य तोकेको छ । पाँच सय ६५ रुपैयाँ न्यनूतम खरिद मूल्य र ७० रुपैयाँ अनुदान रकम गरी किसानले प्रतिक्विन्टल छ सय ३५ रुपैयाँ उखुको मूल्य प्राप्त गर्नेछन् ।

आजको बैठकमा सरकारको एक वर्षको सामान्य समीक्षासमेत भएको छ । त्यसमा मुख्य सचिव वैकुण्ठ अर्यालले काम गर्ने क्रममा विद्यमान ऐन, नियमावली तथा कानुनका कारणले झेल्नुपर्ने समस्याबारे ब्रिफिङ गर्नुभएको थियो ।

४ पुष २०८०, बुधबार १३:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस