|  

युद्ध शुरु भएयता गाजामा २० हजार मानिस मारिएका हमासको दाबी

५ पुष २०८०, बिहीबार १४:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । हमास र इजरायलबीच युद्ध शुरु भएयता गाजामा २० हजार मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको अक्टोबर ७ तारिखमा युद्ध शुरु भएयता उनीहरु मारिएको उल्लेख छ । हमासले इजरायलमा आक्रमण शुरु गरेपछि इजरायलले पनि जवाफी कारबाही थालेको थियो । त्यसबेला एक हजार २ सय व्यक्तिको ज्यान गएको थियो ।

२ सय ४० जना बन्धक थिए । जसमध्ये केहीलाई मुक्त गरिएको थियो । बाँकी बन्दी छुटाउन कायरोमा, हमास र इजिप्टका वार्ताकारबीच भएको पछिल्लो वार्ता भने निष्कर्षविहीन भएको जनाएको छ ।

 

 

५ पुष २०८०, बिहीबार १४:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस