|  

रुसी सेनामा भर्ती भएका ४ नेपाली युक्रेनमा बन्धक थप एक नेपालीको मृत्यु

५ पुष २०८०, बिहीबार १५:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । रुसी सेनामा भर्ती भएका चार जना नेपाली युक्रेनमा बन्धक बनेका छन् । युक्रेनमा बन्धक हुनेहरूमा बर्दियाको राजापुर गाउँपालिका–१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका–२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका–८ का प्रतीक पुन रहेको परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

युक्रेनमा बन्धक बनाइएका नेपाली नागरिकहरूलाई फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको मन्त्रालयले जनाएको छ । साथै, उनीहरूको रिहाइ र नेपाल फिर्तीका लागि रेडक्रसको अन्तर्राष्ट्रिय संस्था र अरू माध्यमबाट पनि कूटनीतिक पहल गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । नेपाली राहदानी नम्बर ०९४७३६३२ भएका कुन्दनसिंह नागलको मृत्यु भएको जानकारी पाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म रुसी सेनामा कार्यरत सात जना नेपालीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।

 

५ पुष २०८०, बिहीबार १५:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस