|  

चिसो बढे पनि ढेङ्गुको जोखिम कायमै

६ पुष २०८०, शुक्रबार ०८:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेपालमा पछिल्लो समय चिसो मौसममा पनि डेंगु संक्रमण देखिन थालेको छ । जलवायु परिवर्तन, बसाइँसराइ, कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायतका कारण चिसोमा समेत डेंगु देखिन थालेको जनस्वास्थ्यविद्ले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत महाकाली प्रादेशिक अस्पतालका कार्यालय प्रमुख डा। अर्जुन भट्टका अनुसार अस्पतालमा दुई जना डेंगुका बिरामी उपचाररत छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडीसीडी०को तथ्याङ्कले गत वर्ष यता चिसो मौसममा पनि डेंगुको रिपोर्ट शून्य नभएको देखाउँछ ।

 

६ पुष २०८०, शुक्रबार ०८:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस