|  

एक सातामा सुनको मूल्य तोलामा २ हजार र चाँदी ३० रुपैयाँले रुपैयाँले बढ्यो,

६ पुष २०८०, शुक्रबार १३:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । पुसको पहिलो साता सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य एक सातामा तोलामा २ हजार रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ ।

महासंघकाअनुसार शुक्रबार छापावाल सुनको मूल्य एक लाख १९ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै, तेजावी सुनको मूल्य एक लाख १९ हजार २५० रुपैयाँ र चाँदीको मूल्य एक हजार ४८५ रुपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा सुन तोलामा ८ सय र चाँदी ५ रुपैयाँले महँगो हो ।

तर, एक साताको बजार मूल्य विश्लेषण गर्दा साता भरीमा सुनको मूल्य तोलामा एक लाख १७ हजार ८ सय रुपैयाँबाट बढेर एक लाख १९ हजार ८ सय रुपैयाँ कायम भयो भने चाँदीको मूल्य तोलामा एक हजार ४ सय ५५ रुपैयाँबाट बढेर एक हजार ४८५ रुपैयाँ पुग्यो ।

६ पुष २०८०, शुक्रबार १३:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस