|  

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा साँझ ५ बजे सम्बोधन गर्दै

१० पुष २०८०, मंगलवार ०८:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आफू नेतृत्वको सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट साँझ ५ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसअघि प्रधानमन्त्रीको सचिवालयले दिउँसो ३ बजे संबोधन गर्ने बताएको थियो । प्रधानमन्त्री स्वयंले विभिन्न कारणले अपेक्षित काम गर्न नसकेको भन्दै बाँकी एक वर्षमा गति बढाउने बताएका छन् ।

१० पुष २०८०, मंगलवार ०८:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस