|  

सुनको मूल्य प्रतितोला १ लाख २० हजार रुपैयाँ नाघ्यो

१० पुष २०८०, मंगलवार १२:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । सुनको मूल्य तोलामा एक लाख २० हजार रुपैयाँ नाघेको छ । साताको तेस्रो दिन बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६ सयले बढेर १ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सोमबार मात्रै छापावाल सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रतितोला १ लाख १९ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सोमबार मात्रै तेजाबी सुन प्रतितोला १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी, आज चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ ।

१० पुष २०८०, मंगलवार १२:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस