|  

२ सय ६४ ठाउँमा बस बिसौनी निर्माण गर्दै काठमाण्डौ महानगर

१० पुष २०८०, मंगलवार १२:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सडक सुरक्षा कायम राख्नका लागि दुई सय ६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने भएको छ । यसका लागि कामपाले चालु आर्थिक वर्षमा १३ करोड बजेट विनियोजन गरेको छ ।

कामपाले यस वर्ष प्रत्येक चोकबाट पाँच सय मिटर अगाडि वा कम्तीमा दुई सय मिटर पछाडि बस बिसौनी निर्माण गर्न लागेको कामपाको ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले सञ्चालन भइरहेको केही र अन्य केही ठाउँमा थप गरी बस बिसौनी विस्तार गर्न खोजिएको सल्लाहकार श्रेष्ठले भन्नुभयो । उहाँले भन्नुभयो, ुचोकमा नै बस बिसौनी निर्माण गर्दा थप दुर्घटना बढेको भन्दै चोकको पाँच सय मिटर अगाडि वा दुई सय मिटर पछाडि निर्माण गर्न लागिएको हो, जुन आधुनिक हुन्छ, जहाँ निःशुल्क रुपमा इन्टरनेटको प्रयोग गर्न पाइन्छ ।ु

जहाँ कुन रुटको बस कहाँ आइपुग्यो र अब यात्रुले कति समय पर्खनुपर्छ बन्नेबारे समेत जानकारी लिन सकिने व्यवस्था गर्न लागिएको छ । यसरी निर्माण गरिने बस बिसौनीमा एकपटकमा तीनवटासम्म बस रोक्न मिल्ने बनाउने तयारी रहेको छ । बस बिसौनी निर्माणका लागि बोलपत्र आह्वान गर्ने अन्तिम तयारी भइरहेको र त्यसपश्चात् काम शुरु हुने कामपाको भनाइ छ ।

 

१० पुष २०८०, मंगलवार १२:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस