|  

हुथी विद्रोहीका २० हजार लडाकु इजरायलसँग लड्न तयार

११ पुष २०८०, बुधबार १२:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । यमनका हुथी विद्रोहीहरूले इजरायलसँग सम्भावित युद्धका लागि २० हजार लडाकुहरूलाई तालिम दिएको बताइएको छ । लडाकुहरू हुथी कमाण्डर अब्दुल मलिक अल–हुथीको आदेशमा गाजा जान तयार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यमनी समाचार एजेन्सी साबाले २० हजार लडाकुहरूको प्रशिक्षण पूरा भएको अवसरमा उत्तरपश्चिमी यमनी प्रान्त हज्जाहमा परेड पनि आयोजना गरिएको बताएको छ । यस क्रममा हुथी लडाकुहरूले आफ्नो हतियार र सैन्य शक्ति प्रदर्शन गरेका थिए । हुथी इरानको नियन्त्रणमा रहेको यमनमा सक्रिय शिया आतंकवादी समूह हो ।

हुथी लडाकुहरूले इरानबाट हतियार, तालिम र पैसा पाउँछन् । हुथी विद्रोहीहरूले गाजा पट्टीमा इजरायली आक्रमण नरोकेसम्म र मानवीय सहायता नपुगेसम्म आफ्नो आक्रमण नरोकिने दाबी गरेका छन् । हुथीले अमेरिकालाई यमनमा आक्रमण नगर्न चेतावनी पनि दिएको छ । हुथी नेता अब्दुल मलिक अल हुथीले अमेरिकाले यमन विरुद्ध कुनै प्रकारको आक्रामक कारबाही गरेमा ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् । उनले अमेरिकालाई भियतनाम युद्धमा जस्तो परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् । एजेन्सी

११ पुष २०८०, बुधबार १२:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस