यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । रुसले युक्रेनको राजधानी किएभसहित युक्रेनका विभिन्न शहरमा शुक्रवार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रुसी युद्धपोतमाथि आक्रमण गरेको केही दिनपछि यो आक्रमण भएको हो ।
किएभ शहरका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा एक पोस्टमा विस्फोट भएको जानकारी दिनुभएको छ । युक्रेनको उत्तरपूर्वमा खार्किभ, पश्चिममा एलभिभ र दक्षिणमा ओडेसासहित कम्तीमा पाँच वटा अन्य शहरमा पनि रुसले हवाई आक्रमण गरेको शहरका मेयर र प्रहरीले बताएका छन् ।
खार्किभ क्षेत्रको प्रहरीले भनेको छ, ‘रुसले एस–३०० क्षेप्यास्त्रको प्रयोग गरी शान्त शहरमा आक्रमण गरेका छन् । खार्किभमा १० वटा विष्फोट भएका छन् तर त्यहाँ विशेष सेवाहरू तुरुन्तै स्थापित भएका छन् ।’
सुमी र कोनोटोपमा पनि रातभर आक्रमण भएको अधिकारीहरूले बताएका छन् । दक्षिणी ओडेसामा एउटा अग्लो भवनमा ड्रोनबाट खसेको भग्नावशेषले गर्दा आगलागी भएको शहरका मेयरले बताएका छन् ।