यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । टर्कीमा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् । राज्य सञ्चालित टीआरटी प्रशारकका अनुसार दुर्घटना बिहीबार उत्तरी मारमारा राजमार्गमा उत्तरपश्चिमी साकार्या प्रान्त नजिकै भएको हो । राजमार्गको इस्तानबुलको दग्दिबी क्षेत्रमा बाक्लो हुस्सुका कारण भएको चेन दुर्घटनामा तीन वटा बस र एउटा ट्रकसहित सातवटा सवारीसाधन ठोक्किएका हुन् ।
दुर्घटनापछि राजमार्गको इस्तानबुल दिशामा यातायात ठप्प भएको थियो । साकारियाका गभर्नर यासर करादेनिजले घाइतेहरूको १० वटा विभिन्न अस्पतालमा उपचार भइरहेको बताए ।