यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बल प्रयोग समस्याको समाधान नभएको बताएका छन् ।
शुक्रबार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले बालकुमारी घटनामा होनाहार दुई जना नवयुवकको ज्यान गएको उल्लेख गर्दै बल प्रयोग समस्याको समाधान होइन भन्ने बताएका हुन् । उनले समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय रहेको समेत बताएका छन् ।