यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । चितवनको सौराहामा चलिरहेको ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ आज सकिँदैछ ।
महोत्सवको चौथो दिन हिजो भव्य कार्यक्रमकाबीच हात्तीलाई वनभोज खुवाइएको छ । सौराहा क्षेत्रमा पालिएका सरकारी तथा निजी हात्तीहरूलाई विभिन्न फलफूलसहित खीर, केक र मनपर्ने घाँस दिएर वनभोज खुवाइएको हो ।
हात्तीलाई चामल र भेलीको खीर, केकसहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफ्रुट, स्याउ, केरा, खरबुजालगायतका फलफूल दिइएको थियो । क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा गएको १० गतेदेखि शुरु ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ आज सकिँदैछ ।