|  

गजुरीमा अन्तर्राष्ट्रिय कराते सेमिनार तथा दिक्षान्तर समारोह सुरु हुँदै, मुख्यमन्त्रीद्धारा उद्घाटन हुने

१४ पुष २०८०, शनिबार ०८:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । धादिङको गजुरीमा आजबाट अन्तराष्ट्रिय सेमिनार तथा दिक्षान्तर समारोह र पाँच राष्ट्रले सहभागीता जनाउने सातौ अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु हँदै छ ।

पाँच राष्ट्रले सहभागीता जनाउने यस सेमिनार तथा प्रतियोगिता जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल संघ र धादिङ शाखाको संयुक्त आयोजनामा गजुरीको गलौंदी स्थित कभर्डहलमा हुन लागेको हो ।

आजबाट ३ दिन अन्तर्राष्ट्रिय कराते सेमिनार तथा दिक्षान्तर समारोह चल्ने छ भने १७ गते प्रतियोगिता हुनेछ । अन्तराष्ट्रिय सेमिनार तथा दिक्षान्तर समारोहसँगै हुने प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नेुहुनेछ ।

१४ पुष २०८०, शनिबार ०८:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस