|  

‘राज्य पुनर्संरचनापछि बागमती प्रदेशको खेलकुद उचाईमा पुगेको हो’ : मुख्यमन्त्री जम्मकट्टेल

१४ पुष २०८०, शनिबार १९:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राज्य पुनरसंरचना पछि बागमती प्रदेशको खेलकुद उचाईमा पुगेको बताउनुभएको छ ।

धादिङको गजुरीमा आजबाट नेपाल, भारत, श्रीलंका, बेलायत र जापान सहित पाँच राष्ट्रको सहभागीतामा सुरु भएको अन्तराष्ट्रिय सेमिनार तथा दिक्षान्तर समारोह र सातौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सम्बोधन गनुहुँदै बागमती प्रदेश सरकारले राज्य पुनःसंरचनासँगै सबैभन्दा महत्व दिएको क्षेत्र नै खेल क्षेत्र भएको बताउनुभयो । सरकारले यसअघि नै प्रदेश खेलकुद समिति निर्माण गरिएको र १३ वटै जिल्लामा प्रदेशस्तरका जिल्ला खेलकुद समितिहरु मार्फत् अहिले प्रत्येक जिल्लामा खेलकुदका कार्यक्रमहरु भइराखेको धारणा राख्नुभयो ।

त्यसका लागि खेलाडीहरुको क्षमता अभिवृद्धिलाई ध्यानमा राखेर खेलकुद प्रशिक्षकहरु नियुक्ति गरी खेलकुद विकासमा सक्रियता आफूहरुले लिएको मुख्यमन्त्री जम्कट्टेलले दाबी गर्नुभयो ।

जसअन्तर्गत खेलकुद प्रतियोगिता र प्रतिभामा धादिङ जिल्ला अहिले प्रदेशभरीकै उत्कृष्ट हुन सफल भएको बताउँदै प्रत्येक पालिकाहरुमा प्रदेश सरकारकै लगानीमा खेलकुदका संरचनाहरु कभर्ड हल, स्तरिय खेल मैदानहरु धेरै ठूलो लगानी पनि गरिएको बताउनुभयो । यस्ता हल र खेल मैदानहरु जिल्लाका कतिपय स्थानमा थुप्रै संख्यामा निर्माण हुने क्रममा रहेको जानकारी दिनुभयो ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मान्यताका साथ सानो जितमा पनि ठूलो उत्सव मान्ने क्षेत्र यो भएकोले स्थानिय पालिकादेखि प्रदेश हुँदै केन्द्रिय स्तरसम्म र त्यसभन्दा माथी अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा नेपालको राष्ट्रिय झण्डा फहराउँदै देशको नाम राख्ने हैसियतमा पुग्न खेलाडीहरुलाई हौसला प्रदान गर्नुभयो ।

१४ पुष २०८०, शनिबार १९:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस