|  

चेपाङ समुदायलाई नि:शुल्क औषधि वितरण

१४ पुष २०८०, शनिबार १३:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । चितवनको इच्छाकाना–१ भाराङ्गको विपन्न चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण गरिएको छ । सामुदायिक स्वास्थ्य एकाइ मार्फत चेपाङलाई रु दुई लाख ५० हजार बराबरको औषधि सहयोग गरिएको हो ।

सामाजिक क्षेत्रमा एक दशकदेखि काम गर्दै आएको सपना भिलेज सोसल इम्प्याक्टले ४१ प्रकारका औषधि सहयोग गरेको हो ।चेपाङ समुदायका बालबालिकालाई चाँडै नै पोषणयुक्त खानाका लागि समेत सहयोग गर्ने इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो ।“एम्बुलेन्स उपलब्ध गराउन पनि पहल गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाले सीमित मात्रामा औषधि सहयोग गर्ने गरेको स्वास्थ्य एकाइ भाराङ्गका प्रमुख कमला हमालले बताउनुभयो ।“बिरामीलाई औषधि दिन सकिएको थिएन, निःशुल्क औषधि उपलब्ध भएपछि तत्काललाई समस्या टरेको छ”, उहाँले भन्नुभयो ।

गाउँमा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइमा सेवाग्राहीको चाप बढेसँगै औषधि अभाव भएको थियो । शुल्करुपमा हस्तान्तरण गरिएको औषधिले ठूलो राहत मिलेको इच्छाकामना गाउँपालिकाका सदस्य शङ्खबहादुर चेपाङले बताउनुभयो ।

१४ पुष २०८०, शनिबार १३:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस