|  

माइतीघरबाट बालकुमारी घटनाको विरोधमा प्रदर्शनमा उत्रेका ७ जना पक्राउ

१४ पुष २०८०, शनिबार १४:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको विरोधमा प्रदर्शनमा उत्रेकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

माइतीघरमा ‘युवा विद्रोह’ नाम दिएर केही अभियन्ताहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा सहभागी हेम थापा, शोम शर्मा लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रवार कोरियन भाषा परीक्षाका विषयमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर २ जना मृत्यु भएको थियो । बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरिएको थियो ।

१४ पुष २०८०, शनिबार १४:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस