|  

सुजन र वीरेन्द्रलाई शहीद घोषणा गर्न परिवारको माग

१५ पुष २०८०, आईतवार १०:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । शुक्रबार बालकुमारीमा मारिएका वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणा गर्न परिवारले माग गरेका छन् ।

शनिबार मृतकका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने र परिवारका एकरएक जनालाई रोजगारीको व्यवस्था गर्न माग गरेका हुन् । त्यस्तै गृहमन्त्री र यातायातमन्त्रीको राजीनामा, पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको ग्यारेन्टीलगायतका मागहरु रहेको छ ।

१५ पुष २०८०, आईतवार १०:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस