यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
धादिङ / धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर १ को वडा भवन आज एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलद्धारा भवन उद्वघाटन गरिएको हो । उहाँले पानसमा दिप बाली र शिला लेखको व्यानर उघारेर भवनको उद्घाटन गर्नुभएको हो ।
अहिले अधिकांस वडाको भवन निर्माण सम्पन्न भइसकेका छन् । ‘वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्दैन,’ मुख्यमन्त्री जमकट्टेलले भन्नुभयो, ‘त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं ।’ ‘व्यवस्थित वडा कार्यालय भवनहरु निर्माण भएका छन्, यसले कर्मचारी र सेवाग्राही सबैलाई सहज भएको छ ।’ भवनको उद्घाटनमा मुख्यमन्त्री जमकट्टेलले सेवा प्रवाहमा भवन निर्माणले महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । उहाँले निलकण्ठ नगरको बिकासको निम्ति प्रदेश सरकार प्रतिबद्धत रहेको बताउँदै बाँकी बिकासका लहरमा प्रदेश सरकारले सहयोग गर्ने उहाँको भनाई थियो ।
यसैक्रममा निलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले प्रत्येक वडामा आफ्नै कार्यालय भवन निर्माण गरी सेवा दिने योजना अनुरूप कार्यालय भवन निर्माण गरिएको बताउनुभयो । सुविधा सम्पन्न भवन नहुँदा सेवाप्रवाहमा समस्या भएको भन्दै प्रमुख ढुङ्गानाले अब भवन निर्माणसँगै सेवा प्रवाह पनि सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले भौतिक पूर्वधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरेको उहाँको भनाई थियो । ।