यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । बालकुमारी प्रदर्शनमा ज्यान गुमाएका दुई युवाको शव नेपाली सेनाको हेलिकोप्टर मार्फत गृह जिल्ला लगिएको छ । मृतकका परिवारसँग सहमति भएसँगै गृहमन्त्रालयले दुवै जनाको शव गृह जिल्ला लैजाने व्यवस्थापन गरेको हो । नेपाली सेनाका स्काई ट्रक मार्फत सुर्खेतबाट दैलेख र अछाम लगिने प्रहरीले जनाएको छ ।
गत शुक्रबार इपीएस परीक्षाका विषयमा भएको प्रदर्शनमा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । शाहको भने प्रहरीको गोली लागेर मृत्यु भएको हो ।