|  

पश्चिम तराईका थारु समुदायमा माघी पर्वको रौनक बढ्दै

१८ पुष २०८०, बुधबार ०७:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । थारु बस्तीमा यतिबेला माघिको चहलपहल सुरु भएको छ । दाङसहित पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा यो पर्व मनाईन्छ ।

पुषको दोस्रो साता देखि माघिको कामकाज सुरु हुने थारु गाउँमा दुना टपरी, खुट्ने, ढिक्री र रोटी बनाउन चालम पिस्ने, आगोको चीर बाल्न वनदेखि दाउरा ल्याउने, घर लिपपोत गर्ने, तोरीको तेल पेल्ने, जाँड, रक्सी बनाउने काम सकिएको छ । बजारदेखि लत्ताकपडा किनमेल गर्ने, तरुल गन्जी खन्ने काम भईरहेको झिगौराकी बिश्वमाया चौधरीको भनाई छ ।

बर्षदिन गर्ने कामको योजना बनाउने थारु जातिले माघी पर्वलाई नयाँवर्षको रूपमा मनाउँदै आएका छन् । ‘जीता मर्ना दिन’ भनेर चिनिने पुसको अन्तिम दिन थारुहरुले सँगुर काट्ने, ढिक्री बनाउने र यसै रात महँताँवाको घरमा गाउँभरिका सबै भेला भई रातीभरि आगो ताप्दै ढुमरु गीत गाउने र आगोको धुनी जगाउने परम्परा थारुहरुमा छ ।

 

१८ पुष २०८०, बुधबार ०७:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस