|  

४५ किलो गाँजासहित विराटनगरबाट एक जना पक्राउ

१९ पुष २०८०, बिहीबार १२:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । प्रहरीले विराटनगरमा लुकाएर राखेको ४५ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– १८ को सीमावर्ती क्षेत्रको खेतमा लुकाएर राखेको अवस्थामा ४५ किलो गाँजा बरामद गरेको हो । सो गाँजा राखेको आरोपमा प्रहरीले विराटनगर नगरपालिका–१८ का १९ वर्षीय नन्दु यादवलाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले भारत कटाउनका लागि भण्डारण गरेको गाँजासहित यादवलाई पक्राउ गरेको जानकारी दिए ।

विराटनगर १८ झटियाईस्थित मुसहरी टोलको नयाँ बस्तीबाट गाँजा बरामद भएको हो । प्लाष्टिकमा प्याक गरी खेतमा परालले छोपेर राखेको अवस्थामा गाँजा फेला परेको थियो । लगत्तै यादव पक्राउ परेका हुन् ।

१९ पुष २०८०, बिहीबार १२:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस