यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । दक्षिण अफ्रिकामा आयोजना हुने यू १९ विश्वकप क्रिकेटका लागि नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार नेपाली टोलीलाई बिदाइ गरेको हो । देव खनालकै कप्तानीमा नेपाली टोलीले यू १९ विश्वकप खेल्ने छ भने गुलसन झा पनि टोलीमा समेटिएका छन् ।
नेपालले जनवरी २१ तारिखमा न्यूजिल्याण्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ । त्यसअघि १३ र १६ तारिखमा स्कटल्याण्ड र वेस्टइन्डिजसँग अभ्यास खेल खेल्नेछ । बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सचिव टङकलाल घिसिङले अझै पनि नेपाली खेलाडीले प्राप्त गर्नुपर्ने सुविधा र खेलकुदमा लगानीको क्षेत्र व्यापक रूपले बढवा गर्नुपर्ने आवश्यक रहेको बताए ।