|  

डेडिकेटेड र ट्रंकलाइन विवाद चाँडै टुंगिन्छ : अर्थमन्त्री

२१ पुष २०८०, शनिबार ११:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । अर्थमन्त्री डा प्रकाशशरण महतले डेडिकेटेड र ट्रंकलाइन विवाद सरकारले चाँडै टुंग्याउने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्योगीहरुको विद्युत् लाइन काटेको कुरालाई सकरारले चाँडै टुंगो लगाउने बताए ।

उनले विद्युत् लाइन काट्ने कुराले धेरै उद्योग, व्यवसाय प्रभावित भएको गुनासो आइरहेकाले यसको चाँडै समाधान निकाल्ने बताए । उनले डेडिकेटेड र ट्रंकलाइन विवादलाई इज्जतको प्रश्न बनाउन नहुनेमा जोड दिए । डेडिकेटेड र ट्रंकलाइन विवादको विषय थप अन्योल बनाउन नहुने उनको भनाइ छ ।

 

२१ पुष २०८०, शनिबार ११:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस