यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र गजुरी गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ ।
कार्यक्रममा कृषकहरुलाई केन्द्रको नियम अनुसार पालिकामा २३ सदस्य कमिटी गठन सम्पन्न भएको छ । घटक संगठनले आ–आफ्नो क्षेत्रमा गर्नुपर्ने काम, किसानका समस्या, किसानका मागहरुको सम्बोधन गर्न पहल गर्ने संगठनका जिल्ला अध्यक्ष अर्जुन भुजेलले बताउनुभयो ।
अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र गजुरि गाउँपालिका कमिटिको भेलाबाट नेकपा माओवादी केन्द्रका प्रदेश कमिटीका सदस्य तारा भण्डारी को प्रमुख आतिथ्यतामा बिशिष्ट अतिथि गजुरी गाउँपालिकाको अध्यक्ष गणेश लाल श्रेष्ठ र वडा अध्यक्ष जनप्रतिनिधिहरूको बिभिन्न तह र तप्काका नेत्रित्वको उपस्थितिमा एक बहादुर कार्कीको अध्यक्षता चयन गरेको गरेका छ्न् ।